काठमाण्डू, २ असार– पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने तयारी गरेका छन ।
जनचाहना अनुसार जन्मोत्सव समारोह आयोजना गरिएको पूर्वराजाको संवाद सचिवालयले जानकारी दिएको छ । सचिवालयद्वारा जारी विज्ञप्ति अनुसार जन्मोत्सव समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सबै सुभेच्छुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला राखिने संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन ।