राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाण्डु टुडे २०८३ असार २ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, २ असार– विशेष अदालतले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी उनीहरूलाई थुनामा राख्न अनुमति दिएको विशेष अदालतमा प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन ।

विशेष अदालतमा अख्तियारले उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै म्याद थप गर्नका लागि निवेदन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us