काठमाण्डू, २ असार– प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक पुनः सुरु भएको छ । विपक्षीले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा मन्त्रीहरू अनिवार्य उपस्थित हुनुपर्ने अडान लिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, कानूनमन्त्री सोविता गौतम, नवप्रवर्तनमन्त्री महावीर पुन र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ सहभागी रहेका छन ।
८ वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा ६ जना मात्रै मन्त्री आएको भन्दै एमाले सांसद राजेन्द्र राईले विरोध जनाए । तर सभामुखले मन्त्रीहरू आउने क्रममा रहेको आश्वास दिएपछि सदनको अगाडि बढ्यो।