काठमाण्डू, २ असार– ललितपुर जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन ।
सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेको जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिएका छन । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।
काठमाण्डू महानगरपालिका– ७, चावहिल घर भएका उनले छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेका छन् ।
हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । प्रारम्भिक अनुसन्धानअनुसार मानसिक समस्या रहेको कुरा उनको लेखाइमा झल्किन्छ ।