इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरी

काठमाण्डु टुडे २०८३ असार २ गते १४:०२ मा प्रकाशित

 

काठमाण्डू, २ असार– फिफा विश्वकपमा इरान र न्युजिल्यान्डबीचको खेल पनि बराबरीमा रोकिएको छ । आज (मंगलबार) बिहान लस एन्जलस रंगशालामा भएको इरान र न्युजिल्यान्डबीचको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

खेलको ७औँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३२औँ मिनेटमा इरानको तर्फबाट रामिन रेजाइयनले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि ५५औँ मिनेटमा जस्टले नै अर्को गोल गरेर न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए । न्युजिल्यान्डको उक्त अग्रता पनि लामो समय टिक्न सकेन । इरानका मोहम्मद मोहेबीले ६४औँ मिनेटमा गोल फर्काए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us