काठमाण्डू, ५ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंह मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग असन्तुष्ट व्यक्त गरेका छन ।
संसदमा प्रि–बजेट छलफल जारी रहँदा अर्थमन्त्री वाग्ले स्वम उपस्थित छैनन् । सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित हुँदा बजेट अर्थमन्त्रीले बनाउने हो भन्दै व्यङ्ग्य समेत गरेका छन ।
उनले २० वर्षमा पहिलोपटक अर्थमन्त्री नभएर पनि प्रि–बजेट छलफल भएको पहिलोपटक देखेको समेत बताएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बजेट अर्थमन्त्रीले बनाउने सिस्टम छ ।
परम्परा भत्काउँदै गयो भने संसदको औचित्य समाप्त हुन्छ । देशले संसदीय प्रणाली अवलम्बन गरेको छ, ‘२० वर्षको कार्यकालमा अर्थमन्त्री नभए पनि पहिलोपटक देख्दै छु अर्थमन्त्रीबिना प्रि–बजेट छलफल भइरहेको छ । यो कस्तो परम्पारको सुरुवात हुँदै छ रु नयाँको नाममा सबै चिज भत्काउने होइन ।’ संसदीय व्यवस्था अवलम्बन गरेको देशमा संसदीय प्रणाली मान्नुपर्ने सिंहको भनाइ थियो ।
प्रणाली भत्काउने भए सबै चिज भत्काउने प्रस्ताव उनको छ । ‘सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ, मन्त्री पद पनि भत्काऔँ । सबै चिजहरू चेन्ज गरौँ । सबै चिज औचित्यपूर्ण हुनुपर्छ । जति व्यस्त भए पनि एक दिन दुई दिन छलफल चल्छ,’ उनले भने ।