काठमाण्डू, ३ जेठ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्रिको सबैभन्दा ठूलो शक्ति भएको बताएकी छन । पार्टी र जनताबीच दुरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर पूर्व राष्ट्रपति भण्डारीको तर्क छ ।
आज (आइतबार) ३३ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आज बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन । उनले भनिन्, ‘जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ, ‘राजनीति जनसेवा र समाज रुपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढंगले क्रियाशील हुनैपर्दछ ।’
उनले मदन–आश्रितको स्मृतिको अवसरमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने पनि बताएकी छन ।
एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले अब पार्टीले पुनस् जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘कार्यकर्ताहरु जनताको बीचमा पुग्नुपर्छ, जनताको दुस्ख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ ।’