बुटवल-पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्साल ले निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनाको हालसम्मको प्रगति, निर्माणको गति तथा कामका क्रममा देखिएका समस्या बारे विस्तृत जानकारी लिएका थिए ।
उनले सुरुङमार्ग छिटो सम्पन्न गर्न कामलाई थप तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले निर्माणका क्रममा कुनै समस्या देखिए तत्काल मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिँदै समन्वयमा काम अघि बढाउन आग्रह गरे ।
मन्त्री लम्साल मन्त्रालयका कर्मचारी तथा सडक विभागका महानिर्देशकसहित अनुगमन गएका हुन् ।