बालेनको नाममा कर्मचारी थर्काउने खड्का पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ २ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, २ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयबाट बोलेको भन्दै टेलिफोनमा सरकारी कर्मचारी धम्क्याउने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक सुर्खेतका २२ वर्षीय प्रकाश खड्का छन् ।

उनलाई शनिबार काठमाण्डूबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी रमेश थापाले जानकारी दिए ।
खड्काले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अशिष्ट र अमर्यादित भाषामा धम्क्याएका थिए । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले विज्ञप्ति जारी गर्दै उनलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us