काठमाण्डू, २ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा भेला गर्दैछ ।
प्रवक्ता मनिष झाल तदर्थ समिति नभएका वडाहरुमा भेला आयोजना गरिएको जानकारी दिए । उनका अनुसार भेलाले तदर्थ समिति गठन गर्नेछ ।
आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन घोषणा गरेको रास्वपा संगठन विस्तारको आक्रामक रणनीतिसहित अघि बढेको छ ।
सचिवालय बैठकले गत साता केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो ।
सभापति रवि लामिछानेबाहेक पुरानो केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु सबै महाधिवेशन आयोजक समिति सदस्य छन् ।