अन्तिम समयमा ओलीले रोके सचिवालय बैठक

काठमाण्डु टुडे २०८३ जेठ २ गते ११:५२ मा प्रकाशित

काठमाण्डू, २ जेठ– एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्ष केपी ओलीले शनिबार तय भएको बैठक सोमबारका लागि सारेका हुन् । केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक सरेको जानकारी दिए । २१ फागुनको निर्वाचनपछि ओली पहिपोचोटि पार्टी बैठकमा सहभागी हुन लागेका छन् । ओलीको अनुस्थितिमा यसअघिको बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले गर्ने गरेका थिए । जेनजी आन्दोलनमा भएको मानवीय क्षतिमा कसुरदार रहेको भन्दै ओलीलाई प्रहरीले गत १४ चैतमा पक्राउ गरेको थियो । पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओली २३ चैतमा रिहा भए । केही दिनमा उनको पित्तथैलीको शल्यक्रिया भयो । अस्पतालबाट डिस्चार्ज भएयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । चुनावी हारको नैतिक जिम्मेवारी लिएर नेतृत्व छाड्नुपर्ने दबाब ओलीमाथि छ । उनको खेमामा रहँदै आएका महासचिव शंकर पोखरे, उपाध्यक्ष विष्णु पौडेललगायतले समेत ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने बताइसकेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us