
काठमाण्डु, २६ असार–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बन्न चाहेको खुलासा गरेकी छन् ।
भण्डारीले आफू भरसक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको प्रस्ताव र समर्थनमा एमालेको मुख्य नेतृत्व दिने सोचमा रहेको स्पष्ट गरिन् ।
तर, ओली आफूलाई नेतृत्व सुम्पन तयार नभए लोकतान्त्रिक प्रक्रियाअनुसार प्रतिस्पर्धामा भाग लिने उनको भनाइ थियो । भण्डारीले आफूले आठौं महाधिवेशनदेखि नै अरु पदमा निर्वाचन भए पनि अध्यक्ष सर्वसम्मत चुन्नुपर्ने धारणा राख्दै आएको तर्क गरिन् ।
ओली दुई कार्यकाल अध्यक्ष भइसकेको र आफैंले पटकपटक एकै कक्षामा नदोहो¥याउने प्रतिबद्धता गरेकाले आफ्ना लागि बाटो खुला हुने दाबी भण्डारीले गरिन् । ओलीलाई आफ्नो नजिकको सहकर्मी, सहयात्री र मिल्ने साथी भन्दै भण्डारीले विगतमा पनि मिल्ने साथीहरुका बीचमा लोकतान्त्रिक प्रतिस्पर्धा भएको स्मरण गरिन् ।
‘प्रतिस्पर्धा त मिल्ने सबैको बीचमा भइहाल्छ नि । पहिला पनि त झलनाथ खनाल र केपी ओलीको प्रतिस्पर्धा भएकै हो । माधव नेपाल र केपी ओलीको पनि प्रतिस्पर्धा भएकै हो । अबको महाधिवेशनपछि पनि अध्यक्ष केपी ओली नै हो भनेर कस–कसले के–के भन्नुभएको मलाई थाहा छैन । मेरो त के थियो भने नवौं महाधिवशेनदेखि नै अध्यक्ष चाहिं सहमतिका आाधारमा गरौं । अरु प्रतिस्पर्धा भए पनि भनेर मैले त्यो बेलादेखि नै कोसिस गरेको तर, त्यो भएन । भोलिको दिनमा पनि मेरो प्रयास के हुन्छ भने अध्यक्षचाहिं सहमतिको आधारमै गरौं भन्ने हुन्छ एउटा सर्वोच्च नेतृत्वको लागि । भएन भने त प्रतिस्पर्धा त हुन सक्छ त्यसलाई के भन्ने ?’, पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले भनेकी छन्, ‘लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा बुझ्नुपर्छ । केपी पटकपटक म दोहो¥याएर एउटै कक्षाको जाँच दिन्न भन्ने खालको व्यक्ति दिनुभएको छ । दुई कार्यकाल भइसक्नुभएको छ । अरु नेताहरुले भने भन्दैमा उहाँ त्यसरी दोहोयाउने, तेहेर्याउने मैले चिनेको केपी ओली चाहिं त्यस्तो होइन । ओली फेरि अध्यक्ष बन्नुहुन्न भन्ने विश्वास छ । ओलीको प्रस्तावमा एमालेको नेतृत्व गर्ने चाहना छ । करिबकरिब मेरो दिशा त्यसै निर्देशन भइराखेको छ ।’
उनले ओलीले उत्तराधिकारीको खोजी गरेको र त्यसका लागि उपयुक्त पात्र आफू भएको दाबी गरिन् । ओली कसलाई कार्यभार जिम्म लगाऔं भन्नेमा रहेकाले आफू सक्रिय राजनीतिमा फर्कंदा उनी खुसी हुनुपर्ने विश्वास विद्याको थियो । तर, ओली आफूलाई नेतृत्व दिन तयार नभए प्रतिस्पर्धा स्वीकार्न तयार हुनुपर्ने तर्क पनि गरिन् ।
‘उहाँ कसलाई कार्यभार जिम्मा लगाऔं भन्नेमा हुनुहुन्थ्यो । उहाँ त खुसी हुनुभएको होला भन्ने मलाई लाग्छ मैले सदस्यता नवीकरण गर्दा भन्ने मेरो अपेक्षा छ । म उहाँको सहकर्मी, साथी, सहयोद्धा हो । एउटै लक्ष्य उद्देश्यका लागि, लोकतान्त्रिक प्रक्रिायमा सहभागी भएपछि समकक्षी साथीहरुका बीचमा पनि प्रतिस्पर्धा हुन्छ । त्यसलाई स्वभाविक रुपमा लिनुप¥यो सबैले’, भण्डारी भन्छिन्, ‘पार्टीको प्रक्रियामा कि सहगाी हुनुभएन, भएपछि कोही अगाडि बढ्छन्, कोही अर्को जिम्मेवारीमा जानुपर्ने हुन्छ । यस्तो कुरालाई हामीले स्वभाविक रुपमा लिनुपर्छ ।’
भण्डारीले आफूले एमालेको अध्यक्ष र प्रधानमन्त्री बन्ने आकांक्षा रहेको उल्लेख गरिन् ।
खरेलले एमालेको उपाध्यक्ष, दुईपटक मन्त्री र दुईपपटक राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भन्ने त होला नि भन्ने पश्न गरेका थिए ।
‘यदि देशले, जनताले, पार्टीले भोलिका दिनमा आवश्यकता ठानेको अवस्थामा पार्टी अध्यक्ष हुँदै इतिहासको पहिलो महिला प्रधानमन्त्री हुने संयोग वा अवसरका लागि पनि म खुला छु भन्ने हो ?’, खरेलको प्रश्न थियो । जवाफमा भण्डारीले भनिन्, ‘ म त सबै खुला छु । मैले पूर्वराष्ट्रपतिलाई दिइने सेवा सुविधा परित्या गरेर पार्टीको सक्रिय सदस्य भएर फेरि मैले जनातको सेवा गर्ने भनेको त्यसमा पदीय कुरा मेरो छैन । राष्ट्रिय आकांक्षालई पुरा गर्ने हो । समयअनुकूल कुन बेलामा कसरी के जिम्मेवारी लिने भन्ने कुरा हो । तर, यो वा त्यो भन्ने बेला भएको छैन ।’