मन्त्रीप्रति सांसद शर्माको आक्रोशः पाँच क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने भयो ?

काठमाण्डु टुडे २०८२ असार ८ गते १७:३८ मा प्रकाशित

काठमाण्डू, ८ असार– सत्ता घटक दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले मन्त्रालयगत बजेट विनियोजनलाई लिएर मन्त्रीहरूप्रति आक्रोश व्यक्त गरेका छन् । आज (आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद शर्माले आक्रोश व्यक्त गरेका हुन ।

मन्त्रीहरू देशको विकासका लागि लाग्नुपर्नेमा आ–आफ्नो निर्वाचन क्षेत्र र सानो झुन्डको नेतामा सीमित भएको शर्माले बताए । उनले कांग्रेस र एमालेको गठबन्धन सरकार भएपनि बजेट भने सीमित क्षेत्रमा मात्रै गएको दाबी गरे ।

उनले भने, ‘तपाईंहरूको हृदय छ कि छैन ? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईंहरू देशको मन्त्री हो, देशको नेता हो या सानो समूहको झुन्डभित्रको मन्त्री हो ? तपाईंहरू मन्त्री बनिरहँदाखेरि एक्लै चुनाव जितेर आएर बन्नुभएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ?

कांग्रेस–एमालेका मन्त्री भइसकेकालाई यो चार–पाँच क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने भयो ? ‘तपाईंहरूले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ रु यो गम्भीर विषय हो र प्रश्न हो ।

बजेट तत्काल संशोधन गर्नुपर्छ । समन्यायिक हुनुपर्छ बजेट । यो राज्यसत्तालाई हातमा लिएर, राज्यसत्तामा बसेर शक्तिको अभिमान देखाएर, नागरिकलाई कानुनी तवरबाट लुट्न पाइँदैन ।’ सबै नागरिकले बराबरी कर तिरेपनि मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्र र जिल्लामा मात्रै बजेट विनियोजन गरिएको भन्दै सांसद शर्माले आपत्ति जनाए ।

‘तपाईंहरू के गर्दै हुनुहुन्छ ? पाँच जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेस, तराई, पहाडका पाँच जिल्ला बाहेक ७२ जिल्लाका मान्छे नेपाली नागरिक होइन् रु तपाईंहरूलाई अलिकति दया लाग्दैन ? शर्माले प्रश्न गरे । बजेट विनियोजन गर्दा मन्त्रीहरूले विवेक गुमाएको उनले बताए ।

पार्टीका अन्य सांसदहरूको निर्वाचन क्षेत्रमा बजेट नराखेर आफ्नो क्षेत्रमा मात्रै राखेकोमा सांसद शर्माले आपत्ति जनाए । ‘आज तपाईंहरूले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक, दिनदहाडै, इमानदारीसाथ भन्दाखेरि तपाईंहरू सर्टपाइन्ट त लगाउनुभएको छ तर निर्लज्ज हुनुहुन्छ, भकारीको सबै पैसा लगेर आफ्नोतिर हाल्ने अनि बाँकी रहेका जम्मा सांसद, भोटको आधारमा मूल्यांकन हुने हो भने यो मुलुकको ५० हजार जनताले मत दिएको सुनिल शर्मा रोष्ट्रुममा बोल्दैछु, हरेक सांसदले ४० देखि ५० हजार मत ल्याएर आउनुभएको छ । हामी बोलेको एउटा व्यक्ति होइन, लाखौंको संख्यामा मत लिएर आएका सांसद विवश हुनुहुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us