स्टन्टवाजीले मुलुकको विकास हुँदैनः ज्ञानेन्द्र कार्की

काठमाण्डु टुडे २०८२ असार ८ गते १७:०० मा प्रकाशित

काठमाण्डू, ८ असार– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. ज्ञानेन्द्र बाहादुर कार्कीले छिमेकी देशहरु (चीन र भारत) मा तीव्र विकास भए पनि नेपालमा व्यवस्था मात्र परिवर्तन भएको अवस्था परिवर्तन नभएको गुनासो आइरहेको स्विकार गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद कार्कीले यस्तो बताएका हुन । उनले मुलुकमा केही भएन र म भए मात्र विकास हुन्छ, अर्को हुँदा विकास नै हुँदैन भनेर भाष्य निर्माण गर्नु गलत भएको पनि बताएका छन ।

उनले देशमा किन विकास भएन भनेर पनि आवाज उठिरहेको बताए । सांसद कार्कीले भने, ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन भन्ने आवाज सर्वत्र उठिरहेको छ, ‘प्रजातन्त्र आएको करिब ३६ वर्ष हुन लाग्यो ।

गणतन्त्र आएको करिब १७ वर्ष भयो, संविधान जारी भएको करिब १० वर्ष हुन लाग्यो । अरू देशको विकास हुने अरू देशको विकास हुने हाम्रो देशको किन नहुने ?’

उनले अरू देशले कसरी विकास गरे र हामीले किन गरेनौ भनेर विश्लेषण नगर्ने हो भने निराशा व्यक्त गरेर र स्टन्टवाजीमात्र गरेर मात्र मुलुकको विकास गर्न नसकिने पनि बताएका छन ।

उनले मुलुकको विकासका लागि राजनीतिक स्थिरता, नेतृत्वको इच्छाशक्ति, नीतिगत स्थिरता र विकास निर्माणका दीर्घकालीन सोचका साथ योजना अघि बढाउने र सबै दलको प्रतिविद्धताविना देश विकास सम्भव छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us