संसद् भवनस्थित क्यान्टिनको छतबाट खसे कामदार

काठमाण्डु टुडे २०८२ असार ८ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ८ असार– नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको क्यान्टिन माथिको छतबाट एक जना कामदार खसेर घाइते भएका छन । ती कामदार छतमा मर्मतको काम गर्दागर्दै केहीबेर अघि खसेका हुन् ।

उनलाई अहिले सिभिल अस्पतालमा उपचारका लागि लगिएको संसद् भवन परिसरका एक सुरक्षाकर्मीले जानकारी दिएका छन । उनको कुहिना र गोडामा चोट लागेको बताइएको छ । फल्स सिलिङ भाँचिएर काम गर्दागर्दै उनी लडेको ति सुरक्षाकर्मीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us