कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्‍बाट बाहिरियो रास्वपा

काठमाण्डु टुडे २०८२ असार ८ गते १३:४८ मा प्रकाशित

काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु पनि बैठकबाट बाहिरिएका छन ।

प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् । शनिबार पनि रास्वपाले यस्तै गरेको थियो ।

रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको प्रतिक्रिया दिएका छन । रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ ।

तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us