
काठमाण्डू, ८ असार– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक बुधबार बस्ने गरी बोलाइएको सचिवालयका एक सदस्यले जानकारी दिए ।
११ असारमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘आज महासचिव स्वदेश फर्कँदै हुनुहुन्छ, त्यसपछि थप निर्णय हुन्छ’, गौतमले भने । उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ ।
‘बैठकको प्रमुख एजेन्डा सचिवालय बैठक नै हो’, उनले भने । एमालेले आगामी २०–२२ भदौमा विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।