
काठमाण्डू, ८ असार– सत्ता घटक दल एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव समेत हुन ।
काठमाण्डूमा सम्पन्न भएको १४ औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।
यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी रहेका थिए ।