गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ७ गते १६:३६ मा प्रकाशित

काभ्रे, ७ असार– काभ्रेको बनेपा नगरपालिका–७ मा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेमाल गाउँपालिका–१ का ४५ वर्षीय ज्ञानध्वज तामाङ छन् ।

पनौतीबाट बनेपा आउँदै गरेको ना४च ५९४५ नम्बरको गाडीले विपरीत दिशामा रहेको बा।प्र०२–०२३प६०२३ नम्बरको स्कुटरलाइ ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङको शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वातीले बताए ।

+ठक्कर दिने गाडी प्रहरीको नियन्त्रणमा छ । चालक जनकपुर उपमाहानगरपालिका–१३ का ३५ वर्षी यको अजय यादव फरार भएका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us