
काठमाण्डू, ७ असार– गृहमन्त्री रमेश लेखकमाथि मानव तस्करी प्रकरणमा कारबाही माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्ले प्रतिनिधिसभा बैठक छाडेका छन् ।
सत्तापक्षका सांसदले बोल्न थालेपछि उनीहरु संसद् भवन छाडेर बाहिरिएका हुन् । विपक्षीका सांसद बोल्दासम्म उनीहरु संसदको वेल घेराउ गरेर नाराबाजी गरिरहेका थिए ।
रास्वपा प्रवक्ता मनिष झाले दुई तिहाईको दम्भी आवाज नसुन्ने नीतिअनुसार आफूहरु बाहिरिएको बताए ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षका १६ सांसदको आवाज सुनेर सत्तापक्षले बोल्न थालेपछि बाहिरिएको उल्लेख गरे ।
‘दुई तिहाइको दम्भी आवाज नसुन्ने भनेर बाहिरियौं’, झाले बताए ।