चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ७ गते १४:४६ मा प्रकाशित

चितवन, ७ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ८ जना घाइते भएका छन् ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट भरतपुरतर्फ आउँदै गरेको इलेक्ट्रिक माइक्रोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतक ३ पुरुष र दुई महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । पुरीका अनुसार मृतक सबै इभी गाडीमा सवारहरु हुन् ।

घाइतेको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us