
काठमाण्डू ६ असार– सिरहाको गोलबजारमा बिहीबार साँझ एक युवकमाथि एक युवतीले छुरा प्रहार गरेकी छन । छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।
उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि एक किशोरीले छुरा प्रहार गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिएका छन । दुई जना प्रेमी प्रेमिका भएको बताइएको छ भने आपसी विवादपछि युवतीले छुरा प्रहार गरेको बताइएको छ ।
यसैगरी छुरा प्रहारको घटनापछि भाग्ने क्रममा किशोरी पनि सामान्य घाइते भएकी छन् । उनको स्थानीय लाइफ लङ्ग अस्पतालमा उपचार गराइएको र त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।