रास्वपाले भन्योः सरकार प्रश्नबाट भाग्यो

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:३९ मा प्रकाशित

काठमाण्डू ६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सरकार प्रश्नबाट भागेको आरोप लगाएकी छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संघीय संसद् भवनमा परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा सांसद गौतमले यस्तो आरोप लगाएकी हुन ।

उनले प्रधानमन्त्रीलाई प्रश्न नउठाए कसलाई उठाउने ? भन्दै प्रश्न समेत गरेकी छन । उनले भनिन्, ‘हामीले प्रश्नोत्तरको कार्यक्रम नचलाउनुस् भनेको होइन । हाम्रो पनि प्रश्न थियो ।

हाम्रो पनि कुरा थियो, प्रधानमन्त्रीजी सरकारको नेतृत्व गर्ने मान्छे हुनुहुन्छ । उहाँलाई नसुनाए कसलाई सुनाउने रु’ आज संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

यद्यपि रास्वपाले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाए । लगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा सांसद गौतमले भनिन्, ‘सदनमा हाम्रो स्थान रहेनछ भनेर हामीले बहिष्कार गरेका हौं ।

जनतामा जानुभन्दा बाहेक के विकल्प बाँकी रह्यो त ?’ उनले सामाजिक सञ्जालमार्फत पनि नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा आफूहरू रहेको बताएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us