बैंकिङ कसुर मुद्दामा कैद तोकिएका एक व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:११ मा प्रकाशित

काठमाण्डू ६ असार– प्रहरीले २१ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–२२ घर भएका ५२ वर्षीय प्रणवलाल सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

बैंकिङ कसुर मुद्दामा उनलाई २१ लाख बिगो र २ वर्ष कैदको फैसला भएको थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाण्डू माफर्त फैसला कार्यान्वयनका लागि कारागार पठाइने प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us