संसद्‌मा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीको प्रतिप्रश्न– मज्जा लाग्यो ?

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:०५ मा प्रकाशित

काठमाण्डू ६ असार–आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको कार्यसूची राखिएको थियो ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसको अवरोधका कारण उनी प्रश्नोत्तरमा सहभागी हुन पाएनन् । सभामुख देवराज घिमिरेले प्रश्नोत्तरसम्बन्धी कार्यक्रम कार्यसूचीबाट हटाइदिए । प्रश्नोत्तरको कार्यक्रम कार्यसूचीबाट हटाइएपछि ओली संसद् बाहिर निस्के । त्यतिबेलै सञ्चारकर्मीले ‘आज संसदमा तपाइँले नै बोल्न पाउनु भएन हैन ?’

भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले हलबाहिर रहेका सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे – ‘मज्जा लाग्यो ?’ आज संसदमा प्रश्नोत्तर बाहेक ६ वटा मन्त्रालयको विनियोजनमाथि छलफलको कार्यसूची थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us