
काठमाण्डू, ६ असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सदनमा आफ्नो दललाई बोल्न नदिइएकाले बहिष्कार गर्नुपरेको बताएको छ ।
प्रतिनिधिसभाको आजको बैठक बहिष्कार गरेर बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै रास्वपा सांसदहरूले आजको बैठकमा बोल्न नदिइएकाले बहिष्कार गर्नु परेको बताएका हुन् ।
पत्रकार सम्मेलनमा रास्वपा सांसद सुमना श्रेष्ठले आजको बैठकमा प्रधानमन्त्रीलाई सुनाउनका लागि विषय तयार पारिएको सामग्री पढेर सुनाएकी थिइन् ।
प्रधानमन्त्री देशकै अभिभावक हुने भन्दै उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने प्रधानमन्त्रीलाई सुनाउनका लागि तयार पारिएको सामग्री बोल्न नदिइएपछि मिडिया मार्फत सार्वजनिक गर्नु परेको प्रतिक्रिया दिएकी थिइन ।