एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी

काठमाण्डु टुडे २०८२ असार ५ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, ५ असार– माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका उपमहासचि एवं सांसद सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ ।

दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिएका छन ।

उनले भने, ‘हुलाकबाट जाहेरी आएको हो तर त्यो भेरिफाई गर्न बाँकी छ, सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।’

उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रहरीले कहाँबाट कसले उजुरी हालेको भन्ने विस्तृत विवरण खुलाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us