
काठमाण्डू, ५ असार– आज (बिहिबार) बस्ने भनिएको प्रमुख दलका शिर्ष नेताहरुको बैठक स्थगित भएको छ । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको बताइएको छ ।
आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन । उनले भने, ‘आपसी सल्लाहमै बैठक स्थगित भायो । प्रधानमन्त्रीको कार्यायलयबाट भोलि बसौंला भनेर खबर आएको छ ।
अब तत्काल बस्ने नबस्ने ठेगान छैन ।’ प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए । तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।