भैँसी चराउन गएकी महिलाको चट्याङ लागेर मृत्यु

काठमाण्डु टुडे २०८२ असार ५ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, ५ असार– कपिलवस्तुमा भैँसी चराउन गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–५ नौरंगिया निवासी करिब ४० वर्षीया जन्ममति यादव रहेकी प्रहरीले जानकारी दिएको छ ।

यादवको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार गाउँ नजिकै खेतमा भैँसी चराउन गएकी उनको चट्याङबाट घटनास्थलमै मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us