हत्या आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ असार ५ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, ५ असार– प्रहरीले सर्लाहीको गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन राय रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बुधबार प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गरेको आरोप छ । सो क्रममा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका राम अधिनमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us