संसदमा रास्वपाको वेल घेराउ, राप्रपाद्धारा बैठकनै बहिस्कार

काठमाण्डु टुडे २०८२ असार ५ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, ५ असार– आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठकनै बहिस्कार गरेको छ ।

रास्वपाले आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो । तर संसद बैठक भने जारी छ । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए । उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए ।

संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् । राप्रपाले भने आजको बैठक बहिस्कार गरेको छ । सभामुख घिमिरेले आज शून्य समय हटाइएको जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us