देउवा र प्रचण्डसँग छलफल गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ असार ५ गते ११:४६ मा प्रकाशित

काठमाण्डू, ५ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन ।

मंगलबार र बुधबार तीन दलका शीर्ष नेता बस्ने प्रयास भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । यसका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नै छ्न ।

तर, माओवादी अध्यक्ष प्रचण्ड काठमाण्डू बाहिर रहेकाले छलफल हुन नसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । ‘मंगलबार बेलुकी चितवनबाट प्रचण्ड काठमाण्डू आउने भनेपछि बुधबार राखियो, उहाँ आउनुभएन ।

आज दिउँसो २ बजे बसौं भनिएको छ । तर, प्रचण्डको फर्किने कुराले कतिबेला बस्छ भन्ने तय हुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा तीन दलका शीर्ष नेताहरू बस्न लागेका हुन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा सम्बन्धित आयोगले काम गरिरहेको छ । त्यसमा हस्तक्षेप नभएर पीडितका कुरा कसरी सम्बोधन गर्ने भन्ने लगायतका विषयमा तीन नेता छलफलमा बस्ने लागेको नेताहरू बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us