विद्युत् व्यापार गर्न निर्देशका बनाउँदै सरकार

काठमाण्डु टुडे २०८२ असार ४ गते १७:०३ मा प्रकाशित

काठमाण्डू, ४ असार– सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुला गर्ने तयारी गरेको छ । विद्युत् नियमन आयोगले नेपालको विद्युत् प्रणालीलाई खुला पहुँच (ओपन एक्सेस) गराउन लागेको हो ।

आयोगले बुधबार ‘खुला पहुँच निर्देशका, २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ । आयोगले सरोकारवालाहरूको राय सुझाव लिएर निर्देशका अन्तिम रूप दिने आयोगले तयारी गरिएको छ ।

आयोगका अनुसार सरोकारवालाहरूले ३० दिनभित्र निर्देशिकाका लागि राय सुझाव दिइसक्नुपर्ने बताइएको छ । विद्युत् प्रणालीमा खुल्ला पहुँचको व्यवस्था गर्ने गर्ने उद्देश्यका साथ यो निर्देशका जारी गर्न लागिएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार विद्युत् प्रणालीमा खुल्ला पहुँच भनेको विद्युत् प्रसारण तथा वितरण पूर्वाधारमा स्वामित्व राख्ने निकाय–संस्थाबाहेक अन्य निकाय–संस्थाहरू (विद्युत् उत्पादक, विद्युत् व्यापारमा संलग्न कम्पनी, तथा ठुला विद्युत् उपभोक्ता समेत) ले विभेदरहित रूपमा प्रणाली प्रयोग गरेर बिजुली खरिद बिक्री गर्न पाउने व्यवस्था भएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us