प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाण्डु टुडे २०८२ असार ४ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, ४ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा असार ६ गते सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले आज असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us