
काठमाण्डू, ४ असार– प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेकी प्रहरीले जानकारी दिएको छ ।
उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाण्डू आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । साथै आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।