प्रतिनिधिसभामा आज पनि रास्वपाको नाराबाजी, बैठक स्थगित

काठमाण्डु टुडे २०८२ असार ३ गते १४:२९ मा प्रकाशित

काठमाण्डू, ३ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध जनाएको छ । बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो ।

उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भनदै उनले प्रश्न उठाइन् । ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति भएको भन्दै उच्चस्तरीय छानबिन समिति माग गरेको उनले बताइन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । उनले बोलेपछि सभामुख घिमिरेले आजै आधा घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us