
काठमाण्डू, २ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई धन्यवाद दिएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भुइँमा बसिरहेका रास्वपा सांसदहरूलाई कांग्रेस सांसद खतिवडाले भने, आज मैले केही माननीय सदस्यहरू कुर्सी खाली गरेर माननीय मन्त्रीभन्दा पनि अगाडि बसेको देखेको छु ।
म सबैलाई धन्यवाद दिन चाहन्छु । आन्दोलन जारी गर्नका लागि पनि बसेको हुनुपर्छ तर, मन्त्रीभन्दा पनि अगाडि बसेकोमा धन्यवाद दिन चाहन्छु ।’ यस्तै उनले रास्वपा सांसदहरूको बैठक भत्ता मर्यादापालकहरूलाई दिनका लागि आग्रहसमेत गरेका छन ।
मानवअधिकारको पनि सन्दर्भ हुने भन्दै उनले भने, ‘म अनुरोध गर्न चाहन्छु, आज यहाँ मर्यादापालक साथीहरूलाईस मानवअधिकारको पनि कुरा हुन्छ ।
अगाडिपट्टि राखेर आफू पछाडिपट्टि बस्नुभएको छ, राप्रपाका माननीय सदस्यहरूले त हाम्रो बैठक भत्ता चाहिँदैन भन्नुभयो, त्यो बैठक भत्ता अगाडि बस्नेहरूको पनि मर्यादापालकहरूलाई प्रदान गरिदिए झन् खुसी हुनेछु ।
त्यो साहस र आँट गर्न म साहस र आँट पनि गर्न चाहन्छु ।’ जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएका रास्वपा सांसदहरू आजको बैठकमा लबीमै बसेका थिए ।