भूमि बैंक बिचौलिया पोस्न ल्याइएको होः शक्ति बस्नेत

काठमाण्डु टुडे २०८२ असार २ गते १६:१९ मा प्रकाशित

काठमाण्डू, २ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी सांसद बस्नेतले यस्तो आरोप लगाएका हुन ।

उनले पीँधमा रहेका किसानको आर्थिक जीवनस्तर उकास्न नभई सीमित व्यक्तिको हितलाई ध्यानमा राखेर भूमि बैंकको व्यवस्था गरिएको दाबी गरे । सांसद बस्नेतले भने, ‘गरिब किसानहरूलाई उत्पादनमा सहभागी गराउने, उनीहरूको माध्यमबाट भूमिको उत्पादकत्व वृद्धि गर्ने, किसानको वास्तविक जीवनमा परिवर्तन ल्याउने, सामाजिक न्यायलाई स्थापित गर्ने आजको आवश्यकता हो ।

तर भूमि बैंकले किसानका वास्तविक हितलाई सम्बोधन गर्ने छैन, ‘भूमि बैंकले सीमित व्यवसायीहरूलाई अझ तीभित्र पनि बिचौलियाहरूको पक्षपोषण गर्ने बढी सम्भावना देखिरहेको छु ।’

उनले भूमिका व्यवस्थापन ठिक ढंगले नभएको पनि बताए । पिँधमा बसेका जनताको बारेमा सरकारको कुनै चिन्त नरहेको पुष्टि भएको पनि बताएका छन । सांसद बस्नेतले लामो समय लगाएर बनाइएको ऊर्जा विकासको मार्गचित्रलाई पनि बजेटले बेवास्ता गरेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us