
काठमाण्डू, २ असार– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएकी छन् ।
नेपालका लागि इजरायलका राजदूत स्मगलर एरी बाससँग परराष्ट्र मन्त्रालयमा आज (सोमबार) भएको भेटमा मन्त्री राणाले युद्धको अवस्थामा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको परराष्ट्रमन्त्री देउवाको सचिवालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन राजदूत बासलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए । उनले युद्धको अवस्थाबारे जानकारी गराउँदै इजरायलमा रहेका नेपालसहित सबै देशका नागरिकको सुरक्षामा इजरायल सरकार गम्भीर रहेको बताएका थिए ।