सम्पर्कबिहीन भएको डा. श्रेष्ठ भेटिए

काठमाण्डु टुडे २०८२ असार २ गते १४:४९ मा प्रकाशित

काठमाण्डू, २ असार– सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ काठमाण्डूको बालाजु क्षेत्रमा फेला परेका छन । जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले डा. श्रेष्ठलाई भेटेको हो ।

उनलाई तार्केश्वर नगरपालिका–३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।

फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि प्रहरीले खोजी तिव्र पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us