अदालत हाजिर भए धवल शम्शेर

काठमाण्डु टुडे २०८२ असार २ गते १२:३९ मा प्रकाशित

काठमाण्डू, २ असार– प्रतिनिधि सभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा.धवलशम्शेर राणा जिल्ला अदालत काठमाण्डूमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।

राणा सोमबार बिहान आफैं अदालत आएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेक सम्बन्धी आदेश आउने उनले जानकारी दिए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनलाई अराजक र हिशांत्मक बनाउन मुख्य भुमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए । प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित ७ जना भने हाल पुर्पक्षका लागि थुनामा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us