
काठमाण्डू, २६ जेठ– भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे पठाएको छ । संसद्मा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले ५ बुँदे प्रस्ताव पठाएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गरी रहेका छन ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् । आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।