जाजरकोटमा खुकुरी प्रहार गरेर भागेका दुई जना काठमाण्डूबाट पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, २६ जेठ– प्रहरीले जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेको घटनामा फरार दुई जनालाई काठमाण्डूबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर–७ घर भएका २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन । आरोपीहरू विरुद्ध जाजरकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जाजरकोट प्रहरीले जेठ २२ मा उनीहरूलाई पक्राउ गरिदिन पत्राचार गरेको एसपी आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us