अनेरास्ववियुको महासचिवमा आ.के रोमसको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १२:०० मा प्रकाशित

काठमाण्डू, २६ जेठ– सत्ता घटक दल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हिजो (आइतबार) बाट सुरु भएको । काठमाण्डूको कीर्तिपुरमा सुरु भएको एमाले निकट अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्धघाट एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

कीर्तिपुरमा जारी एमालेको २४ औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । एमालेले अखिलमा ३२ बर्षीय उमेर हद लगाए पछि नेतृत्वको लागि प्रतिस्प्रर्धा रहेका विद्यार्थी नेता हरु आउट भएका छन । एमालेले अखिलको महाधिवेशनको लागि प्रतिनिधि छनोट देखि नै ३२ बर्षीय उमेर हद लगाएको छ ।

एमालेले अखिलमा ३२ बर्षीय उमेर हद लगाए सँगै अब ५ जना सचिव हरु आगामी नेतृत्वको लागि प्रतिस्पर्धा आएका छन । जस अन्तर्गत अनेरास्ववियुका रचनात्मक विभाग प्रमुख रोमस खतिवडा ( आ.के ) रोमस ले महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत महासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन । महासचिवमा आफ्नो सशक्त उम्मेदवारी रहेने बताए । निकै लामो समय देखि अखिलको राजनीतिमा सक्रिय नुवाकोटका रोमस हाल अनेरास्ववियुको रचनात्म विभाग प्रमुख जिम्मेवारी सम्माहाली सकेका छन् । सरल र शालीन स्वभावका रोमस युवा पुस्ता माझ निकै लोकप्रिय छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us