
काठमाण्डू, १९ जेठ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलय सिंहदरमा छलफल जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने स्रोतले जनाएको छ । ओली र देउवा भेट्नुअघि प्रचण्डले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए ।