विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने दाबी गरेका छन । आज (सोमबार) नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने तर्क गरेका छन । प्रधानमन्त्री ओलीले भने, ‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी( कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए ।

‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला, ‘म भन्न चाहन्छु, यस्तो नचाहिदा कुरामा संसद रोकेर देशलाई बर्वाद पार्ने काम गर्न हुँदैन ।’ ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us