वाइसीएललाई प्रचण्डको निर्देशनः राजावादीलाई इँटको जवाफ पत्थरले दिनुस्

काठमाण्डु टुडे २०८२ जेठ १८ गते २१:२९ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीप्रति लक्षित गरी इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् ।

योङ कम्युनिष्ट लिग (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले आफूहरूले शान्तिपूर्ण रूपमा बस्ने तर आफूहरूमाथि जाइलागे इँटको जवाफ पत्थरले दिने बताए ।

‘हामी आक्रमण गर्न कसैलाई पनि नजाने, हाम्रो शान्तिपूर्ण नै हो भन्नेकुरा पनि जनतालाई भन्ने । तर हामीमाथि जाइलाग्न खोजे भने त्यसको इँटको जवाफ पत्थरले भन्नेकुरा गर्नुस् । हामी छौं,’ उनले भने, ‘जरुरी पर्यो‍ भने जस्तोसुकै विद्रोह पनि गर्न सकिन्छ । मैले के भन्ने गरेको छु हुलाकी मार्गमा पनि माथि भनेँ, हामी अहिले जुन अभियान चलाएका छौँ त्यो जरुरी पर्यो‍ भने अर्को क्रान्तिको तयारी हो । अरु केही होइन। जनतासँग नजोडिकन त क्रान्ति हुँदैन । अर्को समाजवादी क्रान्तिको तयारी हो ।’

उनले गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रकै जिम्मेवारी रहेको बताए ।

न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us