चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार बालिका चार दिनयता बेपत्ता छन । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेका छन ।

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । बेपत्ता बालिकाहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us