काठमाण्डू १५ जेठ– सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (बिहिबार) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक ०८१–०८२ का लागि बजेट विनियोजन गर्दै यस्तो बताएका हुन ।
उनले भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिने पनि जानकारी दिएका छन । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।
सिंचाइ प्रणालीको मर्मतमा एक अर्ब ८२ करोड विनियोजन गरिएको उनले जानकारी गराए ।