राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:४२ मा प्रकाशित

काठमाण्डू १५ जेठ– काठमाण्डूमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ । केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

आज (बिहिबार) राजावादी समुहले राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै काठमाण्डूमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us